कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २७ गते (तालिका)
असार २७ गते शनिवार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड २६ लाख नाघेको छ ।
विहिवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख २६ लाख १४ हजार १८६ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ६१ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन २ लाख ३४ हजार ५२५ जना संक्रमित भएका छन् ।
अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख २३ हजार जना संक्रमित भएका थिए ।
शुक्रवार थप ५ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो शुक्रवार एकै दिन भारतमा ५ सय २१ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १ हजार २ सय ७०, अमेरिकामा ८ सय २३ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ७ सय ३० जना, युकेमा ४८ जना, इरानमा १ सय ४२ , पेरुमा १ सय ८६ जना, चिली ९९ जना, दक्षिण अफ्रिकामा १ सय ४० , पाकिस्तानमा ७५ ,कोलम्बीयामा २ सय ११, इराकमा ७८ जना र रसियामा १ सय ७४ जनाको ज्यान गएको छ ।
नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस