काठमाडौं उपत्यकामा कोरोनाकाे जोखिम बढ्याे

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढिरहेको बताएका हुन् ।
सरकारले पछिल्लो समय मुलुकमा लकडाउन खुकुलो पार्ने निर्णय लिएको छ । सार्वजनिक सवारी साधन चलाउन दिने, व्यापार व्यवसाय गर्न दिने र कार्यालय खोल्ने निर्णय लिएपछि राजधानी लगायतका ठूला सहरहरूमा कोरोना संक्रमितको संख्या वृद्धि भएको हो ।
‘गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्, ‘यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।’
राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस