ओभरटेक गर्नेक्रम मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ शंकरपुर चोकमा भएको दुर्घटनामा २३ बर्षीय युवकको मृत्यु भएको हो । बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नम्बरको ट्रकलाई ओभरटेक गर्नेक्रममा लु २४ प ३२५४ नं.को मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका बेल्हैया हुनेका २३ वर्षीय संयाेग शेर्पाको उपचार क्रममा मृत्यू भएको हो ।
मृतक शेर्पा मोटरसाइकलको पछाडि बसेका व्यक्ति हुन् । मोटरसाइकल चालक बेलहियाकै २० वर्षीय मुकुल लामाको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ ।
ट्रक चालक बारा जितपुरका २६ वर्षीय सुरज प्रताप सर्राफ र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस