थप १ काे कोरोना भाइरसबाट मृत्यु, मृतकको संख्या ३६ पुग्याे
काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले जनाए ।
डा. जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो ।
कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा. जोशीले जनाए ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस