म्याग्दी पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्याे
अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो । मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा सात जना रहेका छन् ।
पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र निजको तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।
त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका तीन जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । उनका अनुसार उद्धार गरिएका मध्ये मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा र धवलागिरि गाउँपालिका–६ का २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या) तथा सोही स्थानका सात वर्षीय बालक सफल श्रीपालीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस