• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २८ गते (तालिका)


    असार २८ गते आइतवार

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड २८ लाख नाघेको छ ।

    आइतवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख २८ लाख ३३ हजार ३०५ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ६७ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन २ लाख ३४ हजार ५२५ जना संक्रमित भएका छन् ।

    अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख ३६ हजार जना संक्रमित भएका थिए ।

    शनिवार थप ४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो शनिवार एकै दिन भारतमा ५ सय ४३ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा ९ सय ६८, अमेरिकामा ६ सय ३१ जनाको मृत्यु भएको छ ।
    यसै गरी मेक्सीकोमा ६ सय ५५ जना, युकेमा १ सय ४८ जना, इरानमा १ सय ८८ , पेरुमा १ सय ८१ जना, चिली १ सय जना, दक्षिण अफ्रिकामा १ सय ११ , पाकिस्तानमा ६५ ,कोलम्बीयामा १ सय ९४, इराकमा ९५ जना रसियामा १ सय ८८ जना र नेपालमा ३ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस