रुपन्देहीमा जीप दुर्घटना, एकजनाको मृत्यु

रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो ।
हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।
जीप रुखमा ठोक्किँदा खड्कासहित पाँच जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले खड्कालाई शनिबार राति ८ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जीपमा सवार बुटवल १० का नवीन कुमार थापा तथा तिलोत्तमाका यमबहादुर राना, सन्दिप श्रेष्ठ र सुवास क्षेत्री घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस