उदयपुर जिल्लामा बाढीले बगाउँदा एकको मृत्यु

गाईघाट, २८ असार/ शनिबार साँझ त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई नदीको बाढीले बगाएको हो ।
बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेको र प्रहरीमा समेत खबर भएपछि प्रहरीको सहयोगमा खोजी भए पनि बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो । शनिबार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको पनि जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस