भारतीय नायिका दिव्याको निधन

भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् ।
दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।
दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस