चोरीमा संलग्न दम्पती पक्राउ
कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लामिछानेले वाइरिङको काम गर्दै आएका थिए । प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको दुईतले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकरलगायतका भाँडा, लत्ताकपडा र रु एक लाख ९५ हजार ५५० चोरी गरेका थिए ।
घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवत्ता हमालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस