मिनिट्रक दुर्घटनामा एकको मृत्यु
रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । आज बिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस