• जीवनशैली | Jiwanshaili
  • चितवनमा एकै दिन थपिए ७४ जना कोरोना संक्रमित


    चितवन- चितवनमा एकै दिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशाला र मेडिकल कलेजमा गरिएको परीक्षणमा ७४ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि भएकामध्ये ५६ जना भरतपुर महानगरपालिका रहेका छन् । भने राप्ती नगरपालिकाका ९ जना, खैरहनीका ४, रत्ननगरका ३ र कालिकाका २ जनामा छन् ।

    यो सँगै चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस