गण्डकीमा थप ६ जनामा कोरोना सङ्क्रमण
पाखरा- गण्डकी प्रदेशमा ६ कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्की जिल्लाका ६ जना संक्रमित रहेका छन् ।
जसमध्ये माछापुछ्रे-३ का १ जना र पोखरा महानगरपालिकाका ५ जना रहेका छन् । उनीहरु सबैको कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण भएको थियो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
हाल गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४०८ रहेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस