• जीवनशैली | Jiwanshaili
  • हराएका बालक भेटिए


    मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका छ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् । अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्धा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताउनुभयो ।

    ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ । बालक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिलाको कास्की बाघमारा माइती गएको हुन सक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्धा अघि बढाइने उहाँले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस