• जीवनशैली | Jiwanshaili
  • चितवन मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु


    भरतपुर- चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार राति ८ः१० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस