• जीवनशैली | Jiwanshaili
  • बेपत्ता युवक मृत फेला


    तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

    “मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ”, प्रवक्ता थापाले भने, “घटनाबारे थप अनुसन्धान हुँदैछ । प्रहरीले शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याएको जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस