• जीवनशैली | Jiwanshaili
  • थपिए ६५९ कोरोना संक्रमित, ७ जनाको मृत्यु


    काठमाडौं- पछिल्लो २४ घण्टामा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार ८ सय ४० रहेको छ।

    पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१  पुगेको छ । यस्तै ७ जनाको मृत्यु भएको छ।

    योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२  पुगेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस