• जीवनशैली | Jiwanshaili
  • रोकिएन टिपर आतंक, काठमाडाैंमा दुईको ज्यान लियो


     

    काठमाडाैंमा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ।

    चन्द्रागिरि नगरपालिका(५ गुर्जुधारा, आयल स्टोर अगाडि टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, थानकोटले जानकारी दिएको छ।

    मृत्यु हुनेमा धादिङ गल्छी घर भई थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरीले बताएको छ ।
    उनीहरूलाई नागढुङ्गाबाट बालुवा बोकेर कलंकीतर्फ आउँदै गरेको बा ४ ख २५७७ नम्बरको टिपरले बुधबार राति साढे ९ बजे ठक्कर दिएको हो।

    file photo


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस