• जीवनशैली | Jiwanshaili
  • काेराेनाले ज्यान गुमाउनेकाे संख्यामा नयाँ रेकर्ड, एकै दिन १४ हजार बढीकाे मृत्यु


    कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार ९१५ पुसमा० १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।

    पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।

    यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस