जग्गाको दाबी फिर्ता गर्ने सहमति
जयपृथ्वी नगरपालिका–८ का दलित परिवारले पुस्तौँदेखि बस्दै आएको जग्गाको दर्ता प्रक्रियामा दाबी गर्दै आएका सोही गाउँका जोशी समुदायले उक्त जग्गाको दाबी फिर्ता गर्ने सहमति गरेका छन् ।
दलितको जग्गा दर्ता प्रक्रिया विवाद सम्बन्धमा सरोकारवालाको सोही गाउँमा बसेको बैठकमा जग्गाको दाबी गरेका आठ परिवारले आज पुरानो दाबी फिर्ता गरी दलितको नाममा नै घरवासको जग्गाको दर्ता गराई लालपुर्जा उपलब्ध गराउने सहमति गरिएको हो ।
विसं २०४९ मा नापीको टोली जोशी गाउँमा जाँदा दलितको घरवास बनाएको जग्गा दलितकै नाममा दर्ता गर्दा जोशी परिवारले उक्त जग्गाको दाबी विरोध गरेपछि उक्त जग्गा अहिलेसम्म विवादित रहेको थियो । त्यहाँका १८ दलित परिवारले पटकपटक जोशीको दाबी रहेको जग्गा आफ्नो नाममा राखी दिन पहल गर्दा पनि समस्या समाधान नभएपछि अहिले याक नेपालको सहयोगमा जिल्ला खाद्य अधिकारको समन्वयमा जोशी परिवार र दलित परिवारसहित नापी, मालपोत, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिको सहभागितामा जग्गा विवाद सामाधान गरिएको याक नेपालका कर्मचारी देवी खनालले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस