• जीवनशैली | Jiwanshaili
  • काेराेना कहरः अमेरिकामा २४ घण्टामा थप ३ हजार ५ सयकाे मृत्यु


    अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ लाख ३३ हजार २९० जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा ३ हजार ५८४ जनाले ज्यान गुमाएका छन् । हालसम्म २ करोड १८ लाख १९ हजार ९६४ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ६९ हजार ४४३ जनाले ज्यान गुमाएका छन् ।

     

    यस्तै १ करोड २९ लाख ९७ हजार ३४ संक्रमित निको भएका छन् ।

    यो समाचार तयार पार्दासम्म विश्वमा ८ करोड ७५ लाख ७५ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    यस्तै हालसम्म १८ लाख ८८ हजार ९४० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ६ करोड ३० लाख ८६ हजार १३१ संक्रमित निको भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस