जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी
कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको संख्या ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्य बाहिर आएको छ । यो चामत्कारिक औषधीको नाम आईवरमेक्टिन हो । यो औषधीको प्रयोगबाट अस्पतालमा कोरोनाबाट मर्नेको संख्यामा ८० प्रतिशत कमी आएको छ । जुम्रा मार्ने यो औषधी धेरै सस्तो पनि हो ।
शोधका क्रममा ५ सय ७३ विरामीलाई यो औषधी आईवरमेक्टिन दिइएको थियो । ती मध्य मात्र ८ जनाको मात्र मृत्यु भयो । तर यो औषधी नदिएका ५ सय १० जनामा ४४ जनाको मृत्यु भयो । यसअघि अप्रिलमा गरिएको शोधमा परजिविहरुबाट बचाउने यो औषधीले कोरोनाको युद्धमा धेरै राम्रो नतिजा दिएको बताइएको थियो । यसको एक खुराकले नै ४८ घन्टा भित्र सबै भाइरल आएनए समाप्त भएको थियो ।
लिवरपुल युनिभर्सिटीका वायरोलोजिस्ट एन्ड्यु हिलले नयाँ शोध कोरोनाको उपचार खोज गर्ने दिशामा अत्यन्तै राम्रो हुने बताए । करिब १ हजार ४ सय विरामीमा गरिएको शोधबाट प्राप्त आंकडा सार्वजनिक गरिएको हो । यद्यपी अहिले उनको शोध प्रकाशित हुनु अघि समीक्षा भइरहेको छ । यदि यो ट्रेन्ड अन्य अध्ययनमा पनि देखियो भने निश्चित रुपमा यो उपचार धेरै नै प्रभावकारी हुने उनले बताए । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस