• जीवनशैली | Jiwanshaili
  • भारतमा बर्डफ्लु, १५ रुपैया प्रतिकिलोमा मासु बिक्रि हुँदै


    भारतमा बर्डफ्लुले पोल्ट्री उद्योगमा ठूलो असर पुर्याएको छ । हरियाणाको जिन्द जिल्लाबाट प्रतिदिन ४ लाख कुखुरा ब्रिक्रि गर्नका लागि दिल्ली लगायत अन्य स्थानमा पठाइन्छ ।

     

    यद्यपि पोल्ट्री व्यावसायी एवं पशु चिकित्सक कुखुरा सुरक्षित रहेको बताउँछन् । बुधबार दिल्लीमा बिक्रि गरिने कुखुराको मासु प्रतिकिलो १५ रुपैयामा बिक्रि गरिएको छ ।

     

    जसकारण पोल्ट्री व्यावसायी प्रतिदिन करीब १ करोड २० लाख घाटा ब्यहोरेको पनि बताइएको छ । जिल्लामा ५०० भन्दा बढी पोल्ट्री फार्म एवं ८० भन्दा बढी ह्याचरी रहेका छन् ।

     

    यहाँबाट दैनिक १०० गाडीमा दैनिक ४लाख कुखुरा बेच्न लगिन्थ्यो जसको वजन करीब ८ लाख हुन्छ । यसभन्दा पहिले दिल्लीमा कुखुरा ९० रुपैया प्रतिकिलो ब्रिक्रि हुने गरेकोमा अहिले १५ रुपैया प्रतिकिलोमा बेच्नुपर्दा व्यावसायी मारमा परेका हुन् ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस