• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः १० करोड मानिसमा संक्रमण


    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाटसंक्रमित हुनेको संख्या विश्वभर १० करोड पार भएको छ ।
    चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको यस भाइरसबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

    यो समाचार तयार पार्दासम्म विश्वमा १० करोड २ लाख ५४ हजार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    यस्तै हालसम्म २१ लाख ४८ हजार ४३३ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ७ करोड २२ लाख ५२ हजार ४१३ संक्रमित निको भएका छन् ।

     

    यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस