• जीवनशैली | Jiwanshaili
  • आजकाे माैसम कस्ताे रहला?


    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।हाल देशको सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश र लुंम्बिनि प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।

     

    यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस