खुकुरी प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या
दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।
खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो। हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका ७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखा प्रहरी कार्यलयले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस