• जीवनशैली | Jiwanshaili
  • भारतमा एकै दिनमा थप ५३ हजार ४१९ जना संक्रमित


    भारतमा हिजो कोरोना संक्रमणबाट २४९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ७२६ पुगेको वर्ल्ड मीटरले  बुधबार जानकारी दिएको छ ।

    सोही अवधीमा यहाँँ ५३ हजार ४१९ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार १३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ६९ हजार ६९६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख २९ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन् ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस