भारतमा एकैदिन ३ लाख ४९ हजार संक्रमित थपिए, २७ सय ६१ को मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै स्थिती भयावह बनाएको छ ।
दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् भने मृत्युदर पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र थप ३ लाख ४९ हजार ३१३ नयाँ संक्रमित थपिएका छन् ।
यस्तै उक्त अवधिमा यसको संक्रमणबाट २ हजार ७६१ जनाले ज्यान गुमाएका छन् । हालसम्म संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ । यस्तै १ लाख ९२ हजार ३१० जनाको मृत्यु भएको छ ।
१ करोड ४० लाख ७८ हजार ८१ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस