एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं। ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।
वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए । केही दिनअघि परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ ।
( यो समचार आजको गोरखापत्र दैनिकिमा छ)
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस