निषेधाज्ञाले बालबालिकामा कस्तो असर पर्न सक्छ ?
काठमाडौं । नेपालमाअहिले कोरोनामहामारीको दोस्रो लहर चलिरहेको छ ।
गतवर्षको महामारी र लकडाउनले आक्रान्त मानिसहरु फेरी यस वर्ष पनि कोरोना महामारीसँग जुधिरहेकाछन् । नेपालमा मात्रै दिनहुँ हजारौंको संख्यामा कोरोना संक्रमितथपिँदै गएकाछन् भने मृत्यु हुनेको संख्या पनिबढिरहेको छ । महामारी नियन्त्रणकालागि सरकारले अहिले देशकाविभिन्नजिल्लामानिषेधाज्ञालागु गरेको छ भने देशभरकाशिक्षण संस्थाहरु बन्दछन् । गतवर्षको शैक्षिक सत्रमा १/२ महिनामात्रै विद्यालय जान पाएकाबालबालिकाहरु अहिले फेरी जारी गरिएको निषेधाज्ञाले घरभित्रै बस्न बाध्य छन् । जसका कारण एकातिर उनीहरुको पढाइप्रभावितभएको छ भने अर्कोतिर वर्षेनीगरिने निषेधाज्ञा र लकडाउनले बालबालिकालाई घरभित्रै राख्नुपर्ने अवस्थाभएकालेउनीहरुमा एक किसिमको मानसिक समस्या देखिने सम्भावनाबढ्दै गएको छ ।यस्तो अवस्थामा अभिभावकले आफ्नाबालबालिकालाई कसरी सुरक्षित राख्ने त ? उनीहरूलाई मनोसामाजिक समस्याबाटपीडितनहोऊन् भनेर के कस्तो कदमचाल्न सकिन्छ, छलफलगर्न जरुरी देखिएको छ ।
आफ्ना बालबालिकालाई मनोसामाजिक समस्या छ कि छैन भनेर कसरी पहिचान गर्ने ?
अहिलेको विपदको समयमामहिला, बालबालिका र वृद्धहरूलाई निकै असर पर्ने गरेको देखिन्छ । विपदको समयमा वयष्कहरूको ध्यान बालबालिकातिर नगई देशमा के भइरहेको छ र के हुदै छ भन्ने विषयमा अलि बढी नै चासो राखिरहेको पाइन्छ, जसरी हामी सूचनाको खोजीगर्न लागिपर्छौं, त्यसरी नै विपदको समयमाबालबालिकाको मानसिकअवस्थाकस्तो छ भनी हरेक अभिभावकले ध्यानदिनु आवश्यकहुन्छ । लकडाउनको बेलामा बालबालिका आफ्नाअभिभावकसँग छन् । अभिभावकले बालबालिकाआफूसँग रहँदैमा सुरक्षितछन्, उनीहरूप्रतिचासो देखाउन जरुरी छैन भन्ने सम्झनु एकदमै गलतहो । झन् यस्तो बेलामा त अभिभावकले आफ्नाबालबालिकाले कतै मानसिक समस्या त झेलिरहेका छैनन् ?भनेर बेलाबेलामा सचेत भइरहनुपर्छ ।
उनीहरुको समस्या कसरी थाहापाउने त ?
हरेक बालबालिका फरकफरक स्वभावकाहुन्छन् त्यसैले गर्दा सबै बालबालिकालाई हालको समयमामनोसामाजिक समस्या छ भनेर भन्नमिल्दैन तर उनीहरु कहाँ र कस्तो अवस्थामाछन्भन्ने कुराले उनीहरु कस्तो समस्यामाछन् निक्र्यौल गर्छ । जस्तैः उपत्यकाकाबालबालिकामा देखिनसमस्या, सानाशहरहरुमा देखिने बालबालिकाका समस्या र सुदूरगाउँहरुकादेखिने मनोसामाजिकजोखिमफरक फरक हुन सक्छ ।
मनोसामाजिक समस्या भएका बालबालिकाले कस्ता लक्षण देखाउँछन् त ?
संवेगात्मकलक्षणः
सानो सानो आवाजबाटपनिआत्तिने तथा डराउने ।
छटपटी धेरै गर्ने, स्थिर तथाएकाग्र हुननसक्ने ।
धेरै डर लाग्यो भनेर भनिरहने ।
मुटु ढुकढुक गर्नु ।
आफूलाई असुरक्षित महसुस गर्ने ।
दिनदिनै नराम्रो सपना देख्नु ।
भावनात्मकलक्षणः
आफ्नाआमावाबुबालाई कोरोनाभाइरस भयो भने भन्ने चिन्ता ।
कोरोनाभाइरसको विषयमा राम्ररी नबुझ्दा पनि समस्याहुन सक्छ ।
उदासीनताबढ्दै जानु ।
निराशपन बढ्दै जानु ।
दिनमाभन्दा राति धेरै छटपटिनु ।
शारीरिक लक्षणहरूः
खानाखान मन नगर्ने ।
एक्लोपनको महसुस गर्नु ।
केही कुरामापनिध्यान केन्द्रितगर्न नसक्नु ।
टाउको दुखिरहनु, शरीर दुख्ने ।
पेट तथा पाचन प्रणालीमा गडबड हुनु ।
रक्तचापबढ्दै जानु ।
मध्यपान अथवा धुम्रपान जस्ता लतहरू सुरू गर्नु ।
यस्ता किसिमका लक्षणहरू बालबालिका वा अन्य वयष्कहरूमा बढ्दै गइरहेको छ भने मनोसामाजिक समस्या छ भनेर हामीले बुझ्नुपर्छ ।
बालबालिका प्रति अभिभावकको भूमिका
बालबालिकामायीलक्षणहरू देखिएमा सुरुमाबालबालिकाको कुरालाई ध्यानदिएर सुन्नुहोस् । उनीहरूको समस्यालाई सहीतरिकाले जवाफ दिनुहोस्, उनीहरूलाई माया र प्रेम दर्शाउनुहोस् ।
विशेष समयमा बालबालिकाले जहिले पनि अभिभावकको साथखोजिरहेको हुन्छ, त्यसैले गर्दा अभिभावकले उनीहरूप्रति समय र ध्यानदिन जरुरी छ, सकिन्छभने बालबालिकासँगसँगै खेल्ने र उनीहरूलाई विभिन्नअवसर प्रदानगर्नुहोस् ।
हेरचाहगर्ने मान्छे राख्नुभएको छ भने यसबेलाउक्त हेरचाहकर्ताभन्दापनिआफैसँग राख्नुहोस् । यदि सम्भव छैन भने आफ्नाबालबालिकालाई परिवारको नजिकको व्यक्तिसँग राख्नुहोस् ।
अभिभावकले बालबालिकाका लागि मनपर्ने गरी दैनिक रुटिनको व्यवस्था गर्नुहोस् । घरमा नै सिक्नमिल्ने सिर्जनात्मकसिकाइको विकास गराउनुहोस् ।
बालबालिकालाईविपदको सत्यतथ्यका बारेमा जानकारी दिनुहोस् । संक्रमणको जोखिम कसरी कमगर्न सकिन्छ भनेर दिइएको सूचना तथा जानकारीलाई उनीहरूले बुझ्ने सरल भाषामा बालबालिकालाई बुझाउनुहोस् ।
बालबालिकालाई संकटको समयमा यसरी पनि सम्हाल्न सकिन्छः
बालबालिकालाई सपोर्ट सिस्टमको बारेमा जानकारी गराउनेः कुनै पनि विपदआएको बेलामा बालबालिकाको ख्याल राख्ने व्यक्तिहरू हुन्छन् । तिनीहरू अभिभावक पनि हुन सक्छन्, शिक्षक पनि हुन सक्छन्, साथी पनि हुन सक्छन्, जसलाई बालबालिकाले आफूलाई जत्तिकै भरोसा र विश्वास गरेका हुन्छन्, उनीहरू तिम्रो सहयोगका लागि जहिले पनि तयार हुनेछन् भन्ने कुराको विश्वास दिलाउने ।
परिवारसँगसँगै तनाव कम गर्न सिकाउनेः समयसमयमा गहिरो श्वास फेर्न लगाउने र विभिन्नकिसिमकाध्यान, योग, मेडिटेसन आफू पनिगर्ने र बालबालिकालाई पनि गराउने ।
बालबालिकाको भावनामा छलफल गर्नेः कुनै पनि चित्र, कथामाआफूलाई उक्तचित्र र कथाका पात्र बनाई सरल शब्दबाट बालबालिकाको भावनामा छलफलगर्न सकिन्छ ।
सकारात्मक उदाहरणबाटःआफ्नै समुदायमा भएका अन्य बालबालिकाको पनि सकारात्मक उदाहरण दिएर पनि बालबालिकाको ऊर्जालाई विकास गर्न सकिन्छ ।
आफ्नो ख्याल गर्नुपर्छ भन्ने कुराको विकास गराउने ः यसमा हामी अभिभावक र बालबालिकाको सम्बन्ध विस्तारको कुरा पनि काम गर्न सक्छौँ । केहि समय बालबालिकासँगै उनीहरूले पढ्ने किताबहरूसँगै हामी पनि रमाउन सिक्यौँ भने हाम्रो पनि तनाव कम हुने र बालबालिकासँग पनि सम्बन्ध र सिकाइमा विकास हुन जान्छ ।
आफ्ना बालबालिकालाई प्रोत्साहन गर्नुहोस् ः बालबालिकाले गरेका हरेक प्रयासलाई प्रोत्साहन दिनुहोस्, बालबालिकाले गरेको मेहनत आफूले देखेका आधारमा प्रोत्साहन गराउनुहोस्, उनीहरूको प्रयास राम्रो कामका लागि थियो भन्ने कुरा पनि हामीले बालबालिकामा विकास गराउनुपर्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस