• जीवनशैली | Jiwanshaili
  • खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो


    (खलिल जिब्रानको जन्म ६ जनवरी, १८१० मा भएको हो । खलिको जन्मदिनमा उनको सम्झनामा प्रस्तुत उनको जीवनीसम्बन्धी यो लेख भारतीय पत्रिका सत्याग्रहमा छापिएको हो । सत्याग्रहमा छापिएको जिब्रानको जीवनीको निशा राईले गरेको अनुवाद ।)

    खलिल जिब्रान पढ्नु तपाईको आत्मा संग परिचित हुनु जस्तै हो । तपाईं आफ्नो हरेक उलझनको समाधान उनको भनाइहरूमा फेला पार्न सक्नुहुन्छ । यस अर्थमा खलील जिब्रान पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो । खलीलको लेखन जीवन बुझ्नको लागि निरपेक्ष कुञ्जी हो । जीवनको ज्ञान पढ्नको लागि एक लिपी हो ।

    खलील हरेक देश र हरेक भाषाको यति नजिक भए कि प्रत्येक व्यक्तिले उनको लेखलाई आफ्नै कुरा झै पाए। चाहे उसको लघु कथाहरू होस् वा उनको जीवनका अनुभवहरू, सुत्र, प्रेम र मित्रता सहित, उनी कम शब्दमा व्याख्या यसरी गर्दछन् कि सबैको हृदयमा सजिलै पस्छ । उनले प्रेम र मित्रतामा यति धेरै र यसरी लेखेका छन् कि जति पढे पनि कम लाग्छ । उनको लेखन प्रत्येक पटक एक नयाँ व्याख्या, संदर्भ र दर्शन संग प्रस्तुत भएका छन् । ‘प्रेमबिना जीवन भनेको त्यो रूख जस्तै हो जसले फल फलाउँन सक्दैन’, वा ‘तपाईंको साथी तपाईंको आवश्यकताको जवाफ हो।’ उनीसँग यस्ता अनगिन्ती हरफहरू छन् जुन थुप्रै पुस्ताहरूका लागि अर्थपूर्ण वाणी बनेको छ।

    ‘प्रेमबिना जीवन भनेको त्यो रूख जस्तै हो जसले फल फलाउँन सक्दैन’

    प्रेम र मित्रता सँधै उनको जीवनको आधार रहेर पनि होला जिब्रानले यी दुई अत्यन्तै मायालु सम्बन्धहरूलाई निकै सहजता र मर्यादाका साथ परिभाषित गरेको छन् । खलील जिब्रान लोक प्रिय बन्नुमा यी सम्बन्धको भूमिका कम महत्वपूर्ण छैन, खासगरी उनको जीवनमा आएका केहि महिलाहरुको, जसमा उनकी आमा र दुई बहिनीहरु पनि थिए । त्यसका अतिरिक्त मित्र र प्रेमिकाका रुपमा उनका जीवनमा अरु तीन जना स्त्रिीहरु आए । उनका लागि आधार स्तम्भ रहे , कवियत्री जोसफिन, शिक्षिका एलिजावेथ मेरी प्रबुद्ध अरबी लेखिका आलोकमा जैदी ।

    जीवन र दर्शनलाई आफ्ना कथाहरूमा पाख्ने यस लेखकको जीवन कति गाह्रो थियो भन्ने कुरा उनको लेखन अनुभवबाट बुझ्न सकिन्छ । खलील जिब्रान भन्थे, ‘मेरो सबैभन्दा ठूलो पीडा शारीरिक होइन, आन्तरिक हो। म भित्र केहि विशाल कुरा छ, मैले सँधै यो महसुस गरें। तर म यो व्यक्त गर्न सक्दिन। म भित्र एक विशाल ‘म’ छ, जो मेरो भित्र बसेर मेरो लघु रूपले अनेक काम गरिरहेको देखाई रहेकोहुन्छ।’

    जीवन र दर्शनलाई आफ्ना कथाहरूमा पाख्ने यस लेखकको जीवन कति गाह्रो थियो भन्ने कुरा उनको लेखन अनुभवबाट बुझ्न सकिन्छ ।

    खलील जिब्रानको जीवनले चित्रकार, मोडेल, कवि, लेखक र सम्पादक सम्मका धेरै भूमिका पायो । त्यसैले उनको व्यक्तित्वका विभिन्न रंगहरू उनका लेखहरूमा भेटिन्छन् । उनको जीवन धेरै कष्टहरू थिए । १० वर्षको उमेरमा उनी ठूलो चट्टानबाट खसेको लाग्दा बायाँ काँधमा बेलाबेलामा असहनीय पीडा भइरहन्थ्यो । ३९ वर्षको उमेरमा आउँदा आउँदै मुटुको समस्या, त्यस पछि कलेजोको क्यान्सर र सबै भन्दा यातनादायी मानसिक अस्पतालमा भएको उपचार

    तर उनले आफूलाई अभिव्यक्त गर्न नसकेको भावना उनको सबैभन्दा ठुलो चिन्ता थियो । आफ्नो क्षमता थाहा हुँदाहुँदै र त्यसमा भरोसा रहँदा पनि त्यसलाई आकार दिन नसकेको चिन्ता जिब्रानको लागि बढी पीडादायी थियो । यो उनको दृष्टिमा असफलता र मानसिक असन्तुलनको लागि एक ठूलो कारण थियो। आफ्नी तेस्री र अन्तिम प्रेमिकामा जैदासँग उनले पीडा यसरी वर्णन गरेका थिए, ‘म एउटा यस्तो ज्वालामुखी हुँ, जसको मुख सधैं बन्द हुन्छ ।’

    वास्तवमा त्यति धेरै ख्याती अनि द म्याडम्यान, द फोररनर, द प्रोफिट, र स्यान्ड एन्ड फोम, जस्ता कयौ प्रख्यात पुस्तक आइसकक्दा पनि उनको अप्ठेरो कहिल्यै कम हुँदैनथ्यो । यी पुस्तकहरू पूरा गरिसकेपछि पनि खलीलको सबैभन्दा ठूलो सपना थियो जुन आफ्नो खल्तीमा राख्न सकिने र एकै बैठकमा पढ्न मिल्ने येशू ख्रीष्टको जीवनमा अधारीत एउटा पुस्तक लेख्ने जुन अहिलेसम्म कसैले लेखेका थिएन । तर यो सपना कहिल्यै पूरा हुन सकेन ।

    एउटा भनाइ छ कि हरेक सफल र प्रख्यात व्यक्तिको पछाडि कुनै महिलाको हात हुन्छ । उ प्रशिद्धिको त्यो भव्य महलको इँटा बनेकी हुन्छे । त्यसो भएरमात्र कोहि मानिस त्यति धेरै सफल हुन सक्छ । खलील जिब्रानको सन्दर्भमा यो भनाइ बिल्कुल सही देखिन्छ । बरु, यो भन्नु सही हुन्छ कि खलील जिब्रान बन्नुमा धेरै महिलाले ठूलो योगदान रहेको छ, जो बेला बेलमा उनको जिन्दगीको अंग बने । सब भन्दा चाखलाग्दो कुरा यी सम्बन्धहरु बीचका मुख्य आधार उनीहरुको पत्र आदानप्रदान रह्यो । जोसेफिन र मेरी उनको उमेर भन्दा धेरै जेठो थिए। उनीहरु दुवै जनाले यिको विवाह प्रस्ताव अस्वीकार गर्नु मुख्य कारण त्यो पनि थियो । खलील जिब्रान जिन्दगीभर विवाह गरेनन् ।

    हरेक सफल र प्रख्यात व्यक्तिको पछाडि कुनै महिलाको हात हुन्छ । उ प्रशिद्धिको त्यो भव्य महलको इँटा बनेकी हुन्छे ।

    जोसेफिन जीवनमा आउँदा उनी केवल एक चित्रकार थिए । त्यबेला उनका आमा र दिदीले उनको चित्रकलामा पश्चिमी मापदण्डमात्र नहोस भनेर सजग बनाउन थालेका थिए । उनीहरू सोच थियो की उनको कलाकारिता उनको आफ्नाे भूमि लेवनानसँग जोडियोस् । त्यतिबेलासम्म उनकी आमाले उनलाई अन्य भाइबहिनीहरूसँग अमेरिका ल्याइसकेकि थिईन । खलील कलाकार भएको उनको बुबालाई मन परेको थिएन । उनी आमानै थिइन जसले सानोतिनो काम गरेर भएपनि उनको पढाइ र उनीभित्रको कलाकारलाई जोगाइ राखिन् । उनको गैरजिम्मेवार बुबा रक्सीको लत थिए । पैसा पचाएको आरोपमा जेलपनि परेका थिए । खलिल त्यसबेला अरबी बोल्न मात्र सक्थे । अमेरिकामा औपचारिक शिक्षा पाएका कारण उनलाई अरबी पढ्न र लेख्न आउँदैनथ्यो । आमाले उनको भविष्य हेरे उनलाई फेरि लेबनानमा बुवा कहाँ पठाउने विचार गरिन् ।

    त्यहाँ जानु अघिनै भेट जोसेफाइनसँग भईसकको थियो । उनले जोसेफाइनको एक तस्वीर बनाएका थिए, जानुभन्दा पहिले उनले त्यो तस्वीर जोसेफाइनलाई पठाइदिए । उनी लेवनान पुगेको तीन महिलन पछि जोसेफाइनको पहिलो पत्र आयो । नौ बर्षसम्म चलेको पत्राचारले खलीललाई उसको बुबाको नराम्रो व्यवहार सहन र शिक्षामा उनको रुचि बचाइ राख्न साहस दियो । जिब्रानले सबै प्रकारका आनन्द, पीडा, निराशा र शोक प्रेमको यो सम्बन्धमा प्राप्ति गरे । जोसेफिनका लागि खलिल ‘युवा पैगम्बर’ थिए भने खलिकालागि उनी प्रेरणा र मार्गदर्शन थिइन् । उनको पुस्तक ‘द प्रोफेट’ शीर्षकको श्रेय जोसेफिनलाई नै जान्छ, किनकि यी शब्दहरू उनको एउटा लामो कविताबाट लिएका थियो जो उनले खलिललाइ समर्पित गरेकी थिइन् ।

    विवाहको प्रस्ताव अस्वीकार गरेपनि जोसेफिनले उनको प्रगतिलाई सँधै सहयोग गरिन । जोसेफिनले नै गरेका एउटा उनको चित्रकला प्रदर्शनीमा उनको भेट एलिजाबेथ मेरीसँग भएको थियो । मेरी त्यहाँ जोसेफिनकै आमन्त्रणमा शिक्षिका या जजको रूपमा पुगेकी थिइन । उनी खलीलका चित्रहरुबाट यत्ति प्रभावित भइन् कि उनले खलिलको जीवनमा जोसेफिनको ठाउँ लिइन् । दुई वर्षसम्म, उनलाई चित्रकला सिक्नको लागि इटाली पठाउनु होस् वा पुस्तकहरू वा प्रदर्शनीको रूपरेखा बनाउनु होस् मेरीको जीवनको मुख्य उद्देश्य अब हेरक किसिकले उनको प्रगति र उनको ईज्जत थियो। विवाहको प्रस्तावलाई स्वीकार नगरेपछि र अर्को लेखिक खलीलको जीवनमा आए पछि मेरीलाई प्रेमिकको रूपमा त उनको जीवनमा स्थान त रहेन तर जोसेफिन जस्तो उनी खलिलकाे जीवनबाट अलग भइनन् । जसकोे प्रमाण जिब्रानको मृत्यु पछि उसको स्टुडियो र उसको महत्त्वपूर्ण चीज मेरीकै नाममा राखिनु हो ।

    अमेरिकामा औपचारिक शिक्षा पाएका कारण उनलाई अरबी पढ्न र लेख्न आउँदैनथ्यो

    यो सम्बन्ध असफल हुनुको एउटा कारण उनीहरुको उमेरमा १० बर्षको अंतराल अनि खलीलले जहिले पनि महसुस गर्नु की उनी हरेक प्रकारले आर्थिक रुपमा मेरीमाथि निर्भर छन् । मेरीलाई भने त्यस्तो लाग्दैन थियो, उनी आवश्यक पर्दा जसलाई पनि सहयोग गर्न तत्पर रहन्थिन, तर जिब्रानलाई पनि त्यस्तो लागिरह्यो जसले गर्दा उनीहरुबीचको सम्बन्धमा असर पर्यो । आफ्नाे इच्छापत्रमा खलिलले आफ्नाे भएभरका महत्वपूर्ण सामान मेरीको नाममा गरे थिए । शायद उनको आशय ऋण मुक्त हुनु पनि हुनसक्छ । तर त्यतिबेला सम्म मेरीको जिन्दगी निकै अघि बढिसकेको थियो । उनी वैवाहिक सम्बन्धमा बाँधिइसकेकी थिइन् । इच्चापत्र पाएपछि उनले एकपटक त्यसलाई च्यातिदिन खोजिन् तर पछि त्यसको एतिहासिक महत्व देखेर ती सबै चिज पुरातत्व विभागलाई दिइन् ।

    जिब्रानको मरियमसँगको सम्बन्धमा अर्को समस्या पनि थियो । मेरी पुरै आफुलाई समर्पित गरेर जिब्रानलाई समहाल्न लागिरहन्थिन तर जिब्रानले उनलाई एक लेखको रुपमा स्वीकार गर्ननै सकेनन् । जबकी उनले खलिलका किताब पढ्न, बुझ्न अनि त्यसमा सुधारको सल्लाह दिन अरबी भाषा सिकेकी थिइन् ।

    प्रेमका बारेमा सबै भन्दा सशक्त लेख्ने खलिल जिब्रानको आफ्नाे भने कुनै प्रेम कथा सफल भएन ।

    यो साहित्यिक शून्यता उनको जिन्दगीमा जैदाको आगमनले पुरा गर्यो । उनी एक प्रबुद्ध लेखक र महिला अधिकारको कट्टर समर्थक थिइन । यो सम्बन्ध पत्राचारबाट शुरू भएको थियो । अब मेरीको सट्टामा जैदाले उनको रचनाहरू सम्पादन गर्ने, संयोजन गर्ने अनि आवश्यक सल्लाह दिन शुरु गरिन् । सायद यो सम्बन्ध बराबरीको थियो । त्यसमा खलिललाई कुनै असहजता महशूस भएन । खलीलका बारेमा मेरीका लेखेकाहरूले उनलाई अबर साहित्मा वर्तनमानको स्थान दिलायो भने एक आलोचका रुपामा जैदाको पनि एक आलोचका रुपमा भव्य स्थान बन्न सक्या । जैदासँग विवाह प्रस्ताव स्वीकार गर्ने या नगर्ने स्थिति आउनु अघि अप्रिल १०, १९३१ मा क्यान्सरका कारण खलिको निधन भयो । ले गर्दा मृत्यु भयो । खलिल जस्तै पूरै जीवन अविवाहित रहेकी जैदाले आफ्नाे जीवनको अन्तिम समयहरू एक मानसिक अस्पतालमा गुजारिन । यो समस्याबाट छुटारा पाउन उनलाई लगभग असम्भव जस्तै भयो ।

    यसको अर्थ प्रेमका बारेमा सबै भन्दा सशक्त लेख्ने खलिल जिब्रानको आफ्नाे भने कुनै प्रेम कथा सफल भएन । उनी जिन्दगी भरी जुन प्रेमकोपछि दौडिरहे त्यो प्रत्यक्ष अगाडि हुँदा पनि उनकोलागि मृगतृष्णा जस्तै बन्यो ।

    (यो जीवनी भारतीय अनलाइन पत्रिका सत्याग्रहबाट साभार गरिएको हो ।)


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार