ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान

हप्तामा कम्तीमा ३ पटक ग्रीन टी पिउने व्यक्तिको आयु लामो हुने तथ्य सार्वजनिक भएको छ । चीनमा भएको एक अनुसन्धानबाट ग्रीन टी पिउने व्यक्ति तुलनात्मकरुपमा स्वस्थ रहेको पाइएको हो ।
अनुसन्धानको निचोडमा ग्रीन टी नियमित पिउने आदत भएको समुह अरुभन्दा स्वस्थ र खुशी देखिएको उल्लेख छ ।
चाइनिज एकेडेमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्तारुले १ लाखभन्दा बढी वयस्क व्यक्तिहरुबीच गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो । अनुसन्धानमा सहभागीहरुको ७ वर्षदेखि अध्ययन गरिएको थियो ।
अनुसन्धानको नतिजा युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित छ । जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको निचोडमा ग्रीन टी नियमित पिउने आदत भएको समुह अरुभन्दा स्वस्थ र खुशी देखिएको उल्लेख छ । अनुसन्धानकर्ताहरुका अनुसार ग्रीन टी पिउने व्यक्तिको आयु नपिउनेको तुलनामा कम्तीमा १.२६ वर्ष बढी हुन्छ ।
त्यसैगरी चिया पिउने आदत हुनेहरुमा मुटुसम्बन्धी रोग र स्ट्रोकको समस्या हुने सम्भावना २० प्रतिशत कम हुन्छ । घातक मुटुरोगको खतरा २२ प्रतिशत र मृत्युको जोखिम १५ प्रतिशतले कम हुन्छ । यसैक्रममा अनुसन्धानकर्ताहरुले चिया पिउने बानीमा हुने परिवर्तनले रोग र मृत्युको खतरामा असर गर्ने बताएका छन् ।
अनुसन्धानमा सहभागी सिनियर डाक्टर दोङफेङका अनुसार चियामा पाइने पोलिफेनोल्स नामक तत्व मानव शरीरमा लामो समयसम्म रहिरहन नसक्ने हुँदा मुटुको रक्षाको लागि नियमित ग्रीन टी पिउनु आवश्यक हुन्छ ।
घातक मुटुरोगको खतरा २२ प्रतिशत र मृत्युको जोखिम १५ प्रतिशतले कम हुन्छ ।
ग्रीन टीको नियमित सेवनले करिब २५ प्रतिशत मुटु रोग कम गर्न सघाउने अनुसन्धानको निचोडमा उल्लेख छ । तर, कालो चियाको हकमा त्यस्तो कुनै औचित्यपूर्ण सम्बन्ध नदेखिएको अनुसन्धाताहरुको भनाई छ ।
डाक्टर दोङफेङ भन्छन्, पूर्वी एसियामा ग्रीन टीलाई प्राथमिकता दिने चलन ‘युनिक’ छ । जनसंख्याको हिसाबले ४९ प्रतिशतले ग्रीन टी प्रयोग गर्ने र केवल ८ प्रतिशतले मात्रै ‘ब्ल्याक टी’ मन पराउने उनको भनाई छ ।
ग्रीन टीमा पोलिफेनोल्सको मात्रा निकै बढी हुन्छ । जसले मुटुसम्बन्धी रोग र उच्च रक्तचाप लगायतको जोखिम कम गर्न मदत गर्दछ । विज्ञहरुका अनुसार कालो चियाले पोलिफेनोल्समा अक्सिडाइज गर्ने र एन्टीअक्सिडेन्ट इफेन्ट कम गर्ने भएकाले उपयुक्त मानिंदैन ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस