एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।
मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ । विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए ।
क्याटेगोरी : शिक्षा
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस