हरियो तरकारी तथा फलफूलको भाउ कस्ताे छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेकाे जनाएकाे छ ।
अदुवा र नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे समितिले जनाएकाे छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रुपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको समितिले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस