• जीवनशैली | Jiwanshaili
  • स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?


    सामान्यतया गर्भावस्थामा पनि अन्य समयजस्तै खानेकुरा खाने गरिन्छ । तर, गर्भावस्थामा अन्य समयमा भन्दा केही बढी पोषणको आवश्यकता पर्ने भएकाले सामान्य अवस्थामा भन्दा केही बढी खानेकुराको आवश्यकता पर्छ । विशेषगरी शरीरलाई सुरक्षा दिने खानेकुराहरू, हरियो सागपात, पहेँलो तथा रातो फलफूल, भिटामिन ए तथा सीयुक्त खानेकुराले शरीरलाई रोगबाट बचाउने गर्छ । त्यस्ता खानेकुराको आवश्यकता अन्य समयमा भन्दा गर्भावस्थामा केही मात्रामा बढी हुन्छ । साथै केही खानेकुरा खानाले गर्भावस्थामा गर्भवती महिलालाई हानी गर्न सक्छ ।

    कस्तो खानाले गर्भवती महिलालाई हानि गर्छ ?

    १. करेला
    करेलामा पाइने मोमोकैरिन नामक तत्वले गर्भवती महिलालाई हानि गर्न सक्छ । यसका कारण गर्भपतन हुने सम्भावना बढ्ने भएकाले गर्भवती महिलाले करेला खानबाट बच्नुपर्छ ।

    २. भुईँकटर
    भुईँकटरमा ब्रोमेलिन नामक तत्व हुन्छ । त्यसैले गर्भवती महिलाले यसलाई धेरै खाँदा गर्भपतन हुने खतरा हुन्छ ।

    ३. चाउमिन र अन्य चाइनिज खाना
    यसमा मोनो सोडियम र ग्लूटामेट नामक तत्व हुने भएकाले यसले गर्भवपतन हुन सक्ने सम्भावना हुन्छ ।

    ४. मेवा
    मेवामा हुने तत्व ‘पपाइन’ले गर्भपतन हुने खतरा वृद्धि गराउँछ । त्यसकारण गर्भवती महिलालो मेवा कहिल्यै पनि खानु हुँदैन ।

    ५. सी फुड
    सी फुड खाँदा हाम्रो पिशाब नली सिकुटिने भएकाले यसले गर्भपतन गराउन सक्छ । त्यसकारण गर्भवती महिलाले समुद्री खाना खानबाट बच्नुपर्छ ।

    यस्ता खानेकुरा खाएमा गर्भमा रहेको बच्चालाई राम्रोसँग बढ्न मद्दत गर्छ

    १. राज्मा
    राज्मामा पाइने फोलेटले गर्भमा रहेको बच्चालाई राम्रोसँग बढ्न मद्दत गर्छ । त्यसैले राजमा खानु फाइदाजनक छ ।

    २. केरा
    केरामा पाइने आइरन र फाइबर गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।

    ३. पनिर
    पनिरमा क्याल्सियमको मात्रा अधिक हुन्छ । त्यसैले यसलाई खाँदा बच्चा र आमा दुवैको हड्डी बलियो हुन्छ ।

    ४. खजूर
    खजूरमा धेरै मात्रामा आइरन पाइन्छ जसले रगतको कमीबाट हुने एनिमियाबाट बचाउँछ ।

    ५. दुध

    दुधमा धेरै प्रोटिन हुन्छ जसले बच्चाको लम्बाई बृद्धि गराउन मद्दत गर्दछ ।

    त्यसैगरी शरीरको वृद्धि–विकासमा सहयोग गर्ने खानेकुरा, जस्तै, दही, दूध, माछा, मासु, सबै प्रकारका गेडागुडी, दाल, तिल, माछालगायत खानेकुरा अन्य समयमा भन्दा गर्भावस्थामा दैनिक रूपमा खानुपर्ने हुन्छ ।

    गर्भवती भएको कति महिनामा कति तौल बढाउने ?
    गर्भ रहेको पहिलो ३ महिनामा १ केजीदेखि ३ केजीसम्म तौल बढ्नु आवश्यक हुन्छ । त्यसपछिका प्रत्येक महिनामा आधा–आधा केजी तौल बढ्दै गएमा त्यो पर्याप्त मानिन्छ । मोटी महिलामा भने आधा केजीको पनि आधा (चौथाइ केसी) प्रतिमहिना बढेमा पर्याप्त मानिन्छ ।

    गर्भावस्थामा क्याल्सियम, आइरन, फोलिक एसिड, प्रोटिनलगायत पौष्टिक तत्त्व आवश्यकता हुन्छन् । समान्यतया अन्य समयमा भन्दा गर्भावस्थामा यी तत्त्वहरू सन्तुलित सेवन बढी आवश्यक हुन्छ । गर्भावस्थामा यीमध्ये कुनै पनि पौष्टिक तत्त्वको पर्याप्त मात्रामा परिपूर्ति हुन नसकेमा त्यसको प्रभाव गर्भमा रहेको बच्चामा पर्ने गर्छ । यदि आमा नै रोगी भएमा तथा डेलिभरीका क्रममा बढी मात्रामा रगत बगेमा त्यसको असर गर्भमा रहेको बच्चामा पर्न जान्छ । त्यसैले गर्भवती अवस्थामा महिलाले खानपिनको विशेष ख्याल राख्नुपर्छ । त्यस समय खाएको कुनै पनि खानेकुराले सिधै पेटमा भएको बच्चालाई असर पु¥याउने भएकाले खास ध्यान राख्न आवश्यक छ ।

     


    क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार