• जीवनशैली | Jiwanshaili
  • नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक


    सुदूरपश्चिम प्रदेशमा यति बेला विसु पर्वको रौनक छाएको छ । नयांवर्षको दिन अर्थात् वैशाख १ गते सुदूरपश्चिममा विसु पर्व बनाउने प्रचलन रहिआएको हो । विसु पर्व विशेष गरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीमा मनाइने विसु पर्वमा देवर९भाउजू, नन्द९भाउजू र साली–भिनाजुले एक आपसमा सिस्नु पानी छ्याप्या छ्याप गरेर यो पर्व मनाउने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
    परदेश गएकाहरू पनि गाउँ फर्किएपछि दशैको बेलामा जस्तै रौनकता बढ्छ । बजार भन्दा गाउँमा निकै चहल पहल छ । बिसु मनाउन घर फर्कनेहरूका कारण ग्रामीण सडकहरूमा यात्रुको चाप बढेको देखिन्छ । तर पछिल्लो समय भने विसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको प्रति स्थानीयले चिन्ता व्यक्त गरे । सुदूरपश्चिमको महत्त्वपूर्ण पर्वका रूपमा रहेको विसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर विसु मनाउने चलन रहेको बताउँछन् ।

    देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

    बढी जसो कामका लागि भारत गएकाहरू विसु पर्व मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । नयाँ वर्ष अर्थात् विसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूर पश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ । सुदूरपश्चिमका पहाडी जिल्लामा विसु पर्वलाई गौरा र दशैपछिको महत्त्वपूर्ण पर्व मानिन्छ ।‘दसैँ भन्दा पनि यहाँका गाउँमा बिसु र गौरा पर्वलाई बढी महत्त्व दिन्छन् यो बेला घर नफर्कने त कोही हुँदैनन् । विसुका दिन सिस्नो लगाउँदा वर्ष भरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । ‘विसुको दिनमा विशेष गरी देवर भाउजू र साली भिनाजुबिच सिस्नोले हानाहान गरेर जुहारी नै चल्छ’।
    बिसुपर्व किन मनाइन्छ ?
    हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिक कालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । बिसुका दिन मिठो मसिनो खाने आफन्त इष्टमित्रसँग भेटघाट, रमाइलो गर्ने सिस्नो लगाउने चलन पनि छ । विसु तिहारकै दिन कूल देवताको पूजा गरी ‘गतानी डुब्का स्थानीय खानाको परिकार पकाई खाने चलन छ । हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
    पुतला खेल
    छोरीः नै रे हाम्री इजा जिउ रनपुत
    माल पोइल म जाँदैन रनपुत
    मालको घाम टिपी खाला रनपुत
    इजा अर्थात् आमाः पोइल नगई नहुने भयो रनपुत
    माल पोइल जानै पर्यो रनपुत
    तम्रा बाबा त्याँई पुगन्ना रनपुत

    पुतला खेलले महिलाहरूको मार्मिक, पिर व्यथा झल्काउँछ । महिला भएर जन्मिसकेपछि बिहे गर्नै पर्ने बाध्यता, बिहे नगर्दा कुल खानदानको इज्जत रहँदैन भन्ने सोच र बिहे पश्चात् खेप्नुपर्ने हजारौँ दुःख कष्टहरूका मार्मिक गाथाहरूलाई गीत जस्तै लयबद्ध तरिकाले पुतला खेल खेलिन्छ ।

    यी हरफ पुतलामा गाइने गीतका हुन् । बिहे गर्नेबारे आमा र छोरीको गीतमार्फत नै यसरी कुराकानी हुन्छ। आमा छोरीलाई बिहे गर्न अनेक कुरा लगाएर फकाउने कोसिस गर्छिन् भने छोरी तराई मधेसमा बिहे गर्न राजी हुँदिनन् ।
    यी आमा छोरीका विरहका कहानी सुदूरपश्चिममा नयाँ वर्षको दिन गाइन्छन् । नयाँ वर्ष २०७६ साललाई सुदूरपश्चिमबासीले यसै गरी भित्र्याउँछन् । नयाँ वर्षको आज तामझामका साथ नेपालीले स्वागत गर्दै छन् । फरक–फरक चालचलन संस्कृति अनुसार एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरिन्छ । सुदूरपश्चिमको अछाम, बझाङ, बाजुरा, डोटी लगायत ९ वटै जिल्लामा पुतला खेल्दै नयाँ वर्षमा रमाइलो गरिन्छ । पुतला खेलले महिलाहरूको मार्मिक, पिर व्यथा झल्काउँछ । महिला भएर जन्मिसकेपछि बिहे गर्नै पर्ने बाध्यता, बिहे नगर्दा कुल खानदानको इज्जत रहँदैन भन्ने सोच र बिहे पश्चात् खेप्नुपर्ने हजारौँ दुःख कष्टहरूका मार्मिक गाथाहरूलाई गीत जस्तै लयबद्ध तरिकाले पुतला खेल खेलिन्छ ।
    अछाम र बाजुराको सङ्गममा परापूर्व कालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला पुतला नाच सुरु गराएको भन्ने भनाइ छ । तराईमा विवाह गरी गएकी छोरीको मृत्यु शोकमा रहेका राजाले उनको सम्झना गर्दै पुतला खेल खेल्न लगाएपछि यो परम्परा बसेको सुदूरपश्चिम लोकसंस्कृतिका जानकारहरू बताउँछन् । घेम्पोकी छोरी रनमैयाको सर्पको टोकाइबाट ज्यान गएको थियो । इच्छा विपरीत विवाह गराइएकी छोरीले सर्पले टोक्नुभन्दा पहिले तराई मधेसमा पाएको गर्मी, सर्प, बिच्छीको डरबारे माइतीमा सन्देश पठाएकी थिइन् । छोरीको सर्पले टोकेर मृत्यु भएको शोकमा राजाले पुतला खेल खेलाएको र त्यसपछि पुतला खेल सुरु भएको जानकारहरू बताउँछन् । यो पर्वमा बिहे गरेर पराइ घर गएकी छोरी चेली माइतीमा आएर पुतला खेल्दै आफ्ना दुःख सुखका कुराहरू साटासाट गर्ने गर्दछन् ।
    सँगै ३३ कोटी देवीदेवतालाई साँची राख्दै अन्ततः बिहे गर्न स्वीकार गरेर नै पुतला खेलको अन्त्य हुन्छ। पुतला खेलमा पुरुषहरूले बिसुलौडा मनाएर पोल्ने गर्दछन् ।
    बिसुलौडा अर्थात् कुयली झार । जसलाई मसिनो छडी बनाएर आगोमा पोलेर बिसुलौडा बनाइन्छ । त्यही बिसुलौडाले छेडेर सर्प, बिच्छी जस्ता आक्रमण गर्ने जनावरलाई मार्न सहयोग हुने भन्दै बिसुलौडा चढाइन्छ ।

     


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस