मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण

मानिसहरू समय अनुसार आफ्नो जागिर परिवर्तन गरिरहेका हुन्छन् । यी मध्ये कोहीले रहरले त कोहीले बाध्यताले । सुन्दर भविष्य सबैको चाहना हुन्छ । भविष्य निमार्णको लागि हामी विभिन्न ठाँऊमा काम गर्ने गर्दछौँ । तर आफूले गर्ने काम आफ्नो अनुकूल छ वा छैन वा त्यहाँको कार्य वातावरण, वृतिविकासको अवसर, आम्दानी लगायतले जागिरको निरन्तरता वा परिवर्तन गर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ।
१) बोरिङ जागिर
यदि तपाईँको अहिले गर्दै आएको काम बोरिङ छ भने तपाईँले आफ्नो काम परिवर्तन गर्नु राम्रो हुन्छ । एकोहोरो र कम चुनौतीपूर्ण काम छ भने यो समय तपाईँले जागिर परिवर्तन गर्नु नै राम्रो हुन्छ। यस्तो वातावरणले नयाँ अवसर तथा उपलब्धिहरू प्राप्त गर्ने इच्छालाई मार्दछ र भविष्य सोचे जस्तो नहुन सक्छ । यस्तै हरेक कर्मचारीले आफ्नो कार्यस्थलमा एक न एक पटक आफ्नो हाकिमकाे गाली खाएको हुन सक्छ। हाकिम सँगको उपयुक्त सञ्चार नहँदा प्रत्येक विचारहरूको आदान प्रदानमा तीतोपन आउँछ । यो कारण मानिसहरू अर्को काम खोज्न थाल्छन् ।
२)बढी पारिश्रमिक
सबै कम्पनी हरू बराबर हैसियतमा हुँदैनन् । कम्पनी अनुसार पारिश्रमिकहरू पनि फरक फरक हुने गर्दछ । कुनै कम्पनीले अहिलेको भन्दा बढी पारिश्रमिक अफर गर्दछ भने त्यो जागिर परिवर्तन गर्नु ठिक कारण हुन्छ। कम्पनी पिच्छे उही कामको लागि पारिश्रमिक र वृत्ति विकासको अवसरमा धेरै अन्तर हुन सक्छ।
३) बढी ज्ञान र अनुभव
यदि तपाईँको अहिलेको कामले धरै सिक्ने अवसर दिई रहेको छैन भने त्यसबाट राम्रो भविष्यको परिकल्पना गर्न सक्नु हुन्न ।त्यसका कारण यस्तो अवस्थामा काम परिवर्तन गर्नु ठिक समय हुन्छ । सिक्ने अवसर प्राप्त गर्नु भनेको अनुभव राम्रो बनाउनु मात्रै नभई सिकाई क्षमताको विकास भन्नेको राम्रो वृत्ति विकास पनि हो ।
४) कम्पनी टाट पल्टिनु
कम्पनी टाट पल्टिने धेरै कारण हुन्छन् । बजारमा मन्दी आउनु, कमजोर निर्णय क्षमता, नेतृत्वले गद्दार गर्नु । यस्ता परिस्थितिहरू आफूले काम गर्ने कम्पनीमा सजिलै नोटिस गर्न सकिन्छ । यस्तो परिस्थीती मा कम्पनी बन्द हुनु अगावै काम परिवर्तन गर्दा राम्रो हुन्छ । न कि भविष्यमा आफ्नो करिअरमा असर नपरोस् ।
५) जीवनमा महत्त्वपूर्ण परिवर्तन आउनु
विवाह गर्नु, सन्तान जन्माउनु तथा अभिभावकत्वको जिम्मेवारी आउनु जीवनको महत्त्वपूर्ण परिवर्तन हो । यस्तो समयमा यो जिम्मेवारी काम भन्दा महत्वहुन्छ । यदि तपाईँको कम्पनीले तपाईँको यस्तो कुरालाई प्राथमिकता दिँदैन भने जागिर परिवर्तन गर्न पर्ने हुनसक्छ ।
६) असहयोगी सहकर्मी
कार्यस्थलमा असजिलो वातावरण र असहयोगी सहकर्मी रहनु भनेको यहाँको क्षमता र वृतीविकासमा असर पर्न सक्छ । यस्तो परिस्थितिमा काम गर्न निक्कै चुनौती पूर्ण हुन् सक्छ । यो अवस्था जागिर परिवर्तन गर्ने एक न्यायपूर्ण निर्णय हुन्छ । याद राख्नुस् कार्य वातावरणले तपाईँको वृत्ति विकासमा ठुलो असर पुर्याउछ । मान्नुस् तपाईँले अहिलेको काम पुर्णउत्प्रेरणाका साथ तपाईँको क्षमता र योग्यताले भ्याए सम्म परिश्रम गर्दै हुनु हुन्छ तर तपाईँलाई थाहा भो की यो कामले सधैँ तपाईँको कमजोरी मात्रै देखिन्छ भने यस्तो अवस्थामा जागिर परिवर्तन गर्ने विकल्प राम्रो हुन सक्छ ।
७) राम्रो अवसर पाउनु
कहिले काहीँ अर्को राम्रो अवसरले तपाईँलाई सरप्राईज दिन सक्छ ।यदि तपाईँलाई नयाँ जागिरले राम्रो पारिश्रमिक तथा सेवा सुविधा र लचकता प्रदान गर्छ भने काम परिवर्तन गर्ने यो धरै बुद्धिमानी निर्णय हुन सक्छ । यस्तो अफर स्वीकार गर्नु यहाँको सफलता र पैसा दुवै कमाउने अवसर हुन सक्छ । यदि तपाईँले आफूलाई पुरै नयाँ क्षेत्र तिर परिवर्तन गर्ने अवस्था सृजना हुन सक्छ। जस्तो कि तपाईलेनयाँ डिग्री हासिल गर्नु भयो यस्तो अवस्थामा अर्को पेसामा राम्रो भविष्य हुनसक्छ यस्तो अवस्थामा जागिर परिवर्तन गर्न पर्ने हुन सक्छ ।
क्याटेगोरी : खोज/विशेष, फिचर, मुख्य समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस