मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा

मिर्गौला सम्बन्धि भएको रिर्सचले नयाँ तथ्यको खुलासा गरेको छ । अमेरिकी वैज्ञानिकहरूका अनुसार , यदि मिर्गौलामा ढुंगा छ भने त्यस्ता बिरामीहरूमा हड्डी फ्याक्चर हुने खतरा रहन्छ । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूद्वारा गरिएको यो अनुसन्धानले जनाए अनुसार किड्नीमा पथ्थरी हुने मानिसहरुले हड्डीको जाँच गराउनु आवश्क हुन्छ ।
अन्वेषकहरूले २००७ देखि २०१५ बीच ५ लाख ३१ हजार ४३१ जना पथ्थरीको बिरामीहरूबारे अनुसन्धान गरेको थिए। अनुसन्धानले पत्ता लगाए अनुसार पथ्थरीको बिरामीमध्ये २३.६ प्रतिशत बिरामीहरूको हड्डीका फ्याक्चरकाे समस्या निस्केका पाइयाे। उक्त बिरामीलाई पहिला कुनै किसिमको समस्या नभएको अनुसन्धानले जनाएको छ ।
यी ६ लक्षणहरु देखिएकाे छ भने सतर्क रहनुहाेस् । तपाईलाई पथ्थरी भएको हुन सक्छ :
१) तल्लो पेट दुख्नु
२) उल्टी भइराख्नु
३) बारम्बार पिसाब आउनु तर खुलेर नआउनु
४) पिसाबमा रगत देखिनु
५) जरो आइराख्नु
६) पिसाब गनाउनु
यसरी आफ्नो किड्नीलाई स्वस्थ राख्नुस् :
१) सीडीसी अनुसार, तपाईंको रक्त्तचाप १४०/९० भन्दा कम राख्नुहोस् वा डाक्टरसँग परामर्श लिएर रक्तचाप कति हुनु पर्छ पत्ता लगाउनुहोस्। कम नुन भएका खाना खानुहोस् । खानामा फलफूल र तरकारीहरूको मात्रा बढाउनुहोस्। सधै सक्रिय हुनुहोस र आफ्नो कोलेश्ट्राेललाई सन्तुलनमा राख्नुहोस् । साथै, डाक्टरको सल्लाह अनुसार औषधि लिनुहोस् ।
२) यदि तपाईंको मिर्गौला फेल भयो भने, तपाईंलाई डायलासिस उपचार आवश्यक हुन्छ। यस्तो अवस्थामा तपाईको मिर्गौलालाई स्वस्थ राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। सीडीसीका अनुसार, यदि तपाईं जोखिममा हुनुहुन्छ भने, मिर्गौलाको जाँच गरिरहनुहोस् र समस्या देखिनु अघि नै उपचार प्रक्रिया सुरु गर्नुहोस ।
३) यदि तपाईंलाई मधुमेह छ भने रगत र पिसाब हरेक वर्ष परीक्षण गर्नुहोस् । सुगरको मात्रा कम गराउनु होस्। एकै ठाउँमा बसीरहने बानी हटाउनुहोस र सक्रिय रहनुहोस् । शारीरिक गतिविधिले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ।
४) मोटोपनाले पनि समस्याहरू निम्त्याउन सक्छ। यदि तपाईंको तौल धेरै छ भने, यसलाई कम गर्नुहोस् । धूम्रपान गर्ने बानी छोड्नुहोस्। यदि तपाइँलाई पुरानो मिर्गौला रोग छ भने, डाक्टरसँग सल्लाह लिनुहाेस् । मृगौला स्वस्थ राख्न खानाकाे सहि योजना बनाउनुहोस्।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस