कोभिड बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन

बेइजिङ, ३० फागुन
कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।
‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।
चीनभर संक्रमणमा बृद्धिले अधिकारीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बाध्य बनाएको छ । चीनका १८ ओटा प्रात ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो । त्यसयता सरकारले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ ।
यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस