युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको ज्यान गयाे
किभ, १ चैत
युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।
युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् । सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस