• जीवनशैली | Jiwanshaili
  • ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक


    संसारभरका धरै मानिसहरु हिजोआज धेरै जसो स्वास्थ्यमा हेक्का राख्नेहरु कालो चिया अर्थात् ‘ब्ल्याक टी’ सेवनमा लागेका छन् । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउँछन्।

    भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउँछन्।

    कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् ।

    अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउँछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

    मुटु जोगाउँछ– मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

    डाइरिया रोक्छ – कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरिया पीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

    दम – तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसँग गर्न सहयोग गर्छ ।

    पाचन समस्या हटाउँछ – यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

    कोलेस्टेरोल घटाउँन मद्दत गर्छ – अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

    स्तन क्यान्सर हुन दिँदैँन – ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ।

    मुख स्वास्थ्यमा सहयोगी – टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ।


    क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार