वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर गर्ने युनिसेफले चेतावनी दिएको छ । वयस्कको भन्दा बालबालिका हरूको फोक्सो तुलनात्मक रूपमा सानो हुने र उनीहरू वयस्कहरू भन्दा दुई गुणा छिटो सास फेर्ने हुँदा वायु प्रदूषणको प्रभाव बालबालिकामा भयानक असर गर्ने युनिसेफले बताएको छ । दक्षिण एसियामा बढिरहेको यस प्रकारको वायु प्रदूषणले यस क्षेत्रका बालबालिकालाई असर गर्ने भन्दै यसका लागि तत्काल कदम चाल्न आह्वान गरेको छ।
युनिसेफका कार्यकारी निर्देशकले वायु प्रदूषणले विषाक्तता ले बालबालिकाको मस्तिष्क विकासलाई असर गर्ने बताए । उनले बच्चाहरू निरन्तर वायु प्रदूषणको भयानक परिणाम भोगिरहेका आफ्नै आँखाले देखेको र यसको ठुलो क्षति भोग्नु पर्ने भन्दै सचेत गराएका छन्। उनले भने, हावाको गुणस्तर खतराको स्तरमा छ। हावा भएको प्रदूषण लाई रोक्न प्यूरीफायर मास्कले पनि नछेक्ने बताए । फोरेले भने कि वायु प्रदूषणले बच्चाहरूलाई सबैभन्दा बढी असर गर्दछ र यसले उनीहरूको जीवनलाई असर गरिरहेको छ बालबालिका हरू सँग रोग प्रतिरोध क्षमताको कमी छ यस प्रकारको प्रदूषण दक्षिण एसियाली बालबालिकाको लागि घातक छ।
युनिसेफले दक्षिण एसियाका ६२ करोड बालबालिकालाई घातक असर गर्ने भन्दै तत्काल कदम चाल्न आग्रह गरेकाे छ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस