मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा
मुगु, १६ जेठ
जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।
मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ डाक्टरको उपस्थितमा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । संस्थाले जिल्लाका मुटुरोगीका बिरामीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको बताए ।
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारिको नेतृत्वमा सातजना डाक्टर र चार जना प्राविधिकहरु सहित ११ जनाको टोलिले शिविरमा मुटुरोगको परीक्षण र औषधिसमेत निःशुल्क उपलब्ध गरिएको रोकायाको भनाइ छ ।
संस्थाले खत्याड गाउँपालिकाको रातापनिमा यहि जेठ १७ र १८ गते त्यसैगरि सोरुगाउँ पालिकामा जेठ २१ , २२, २३ गते मुगमकार्मारोङ गाउँपालिकाको पुलुमा गत वर्षको शिविरमा सल्यक्रिया गर्नुपर्ने १० जना बिरामीलाई पनि जेठ २६ र २७ गते जिल्ला अस्पताल मुगुमा सल्यक्रिया सञ्चालन हुने जनाएको छ ।
क्याटेगोरी : गाँउघर, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस