लमजुङमा रोपाइँजात्राको रमझम (फोटो फिचर)
लमजुङ, ३ भदौ
सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।
सदरमुकाम बेसीसहरमा नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ ।
कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् । उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभियन गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए ।
रोपाइँजात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेसीसहरमा नेवा खल: लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँजात्रा निकालेका हुन् । दिउँसो बेसीसहरको भीमसेनस्थानचोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासनचोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो ।
‘रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खल:का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रुचि राख्ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।
जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभियन गरिन्छ ।
सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिकाे दिनदेखि लाखे नाच, गाइजात्रा, राेपाईजात्रा लगायतका जात्रा तीज सम्म निकाल्ने गरिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस