• जीवनशैली | Jiwanshaili
  • कपनमा आगलागी, दुई जनाको मृत्यु


    काठमाडौं, ५ असोज

    कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

    महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन ।

    आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : मुख्य समाचार, समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार