महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन ( फोटो फिचर)
काठमाडौं, असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो ।
संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरु राखिएको छ ।

क्याटेगोरी : मुख्य समाचार, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस