कोरोनाले असर पारेको फोक्सोको लेजर थेरापीबाट हुन्छ उपचार
कोरोना भाइरसबाट संक्रमित भई निको भएकाहरुमा पछि सम्म पनि यसको असर पर्न सक्ने विज्ञहरुको भनाइ छ । कोरोनाबाट निको भइसकेपछि पनि फोक्सोमा असर रहने भएकोले फोक्सोलाई फेरी पुरानै अवस्थामा पुर्याउने उपाय हरेक कोरोना संक्रमितले एकपटक सोच्नै पर्छ ।
विभिन्न उपचार विधीमध्ये लेजर थेरापीको प्रयोगबाट पनि फोक्सोको उपचार गर्न सकिन्छ । यो महामारीमा नेपाल कै पहिलो लेजर थेरापिस्ट तथा स्त्री रोग विशेषज्ञ डा. सुशीला वैद्यले कोरोना संक्रमणबाट बिग्रिएको फोक्सोको लेजर थेरापीबाट उपचार गर्दै आउनु भएको छ । विगत २ दशक देखि डा. सुशीला वैद्यले जाउलाखेल, ललितपुरमा अवस्थित आफ्नाे लेजर थेरापी क्लिनिक मार्फत लेजर थेरापीको माध्यमबाट विरामीलाई सेवा दिदै आउनु भएको छ । लेजर थेरापीबाट थुप्रै रोगहरु नीको बनाएर अनगिन्ति बिरामीहरुको मन जित्न पनि सफल हुनुभएको छ, डाक्टर सुशीला ।
यो लेजर थेरापी के हो ? यसबाट कसरी फाइदा पुग्छ ? कोरोना संक्रमितहरुको लागि यो उपचार विधी कत्तिको प्रभावकारी छ भन्ने विषयमा जीवनशैलीका संवाददाता रीता श्रेष्ठले डा. सुशीला वैद्यसंग गरेको कुराकानी प्रस्तुत छ ।
१. स्वास्थ्यको क्षेत्रमा लेजर थेरापी कस्तो प्रविधि हो ? यस थेरापीबाट कस्तो कस्तो समस्याहरुको उपचार गर्न सकिन्छ ?
नेपालमा मात्र नभएर लेजर थेरापी विश्वमा नै स्वास्थ्यको क्षेत्रमा निकै महत्वपुर्ण प्रविधि हो । जसले थुप्रै रोगहरुबाट मानिसहरुलाई बचाउँछ । साँच्चै भन्नु पर्दा विभिन्न रोग लागेर उपचार गर्दा गर्दा थाकेका र राम्रो नतिजा नआएर हतास भएकाहरुको लागि यो लेजर थेरापी वरदान सावित भएको छ । लेजर थेरापीले शरीरमा लाग्ने हजारौ रोगहरुमध्ये ४०० प्रकारका रोगहरुलाई पुर्ण रुपमा निको पार्न सक्छ । त्यसैले यो निकै प्रभावकारी उपचार विधि हो ।
कोरोनाको कारण प्रत्यक्ष रुपमा प्रभाव पार्ने अंग भनेको फोक्सो हो र कोरोनाको कारण फोक्सोका कतिपय तन्तुहरु मर्छन् र व्यक्तिको श्वास प्रश्वासमा प्रभाव पर्छ ।
२. कोरोना संक्रमण पश्चात फोक्सोमा असर रहीरहन्छ भनिएको छ । अब लेजर थेरपीबाट यस समस्याको समाधान कसरी गर्न सकिन्छ ? यसको वैज्ञानिक आधारहरु के के हुन् ?
लेजर थेरापी भनेको विकिरणहरुको प्रयोगले गरिने उपचार विधि हो ।
यस विधिबाट कोरोना संक्रमण भएर बिग्रिएको फोक्सोमा प्रभावकारी ढंगबाट उपचार गर्न सकिन्छ । जहाँसम्म वैज्ञानिक आधारको कुरा छ, विश्वमा गरिएका विभिन्न प्रयोग तथा अनुसन्धानले लेजर थेरापीलाई आधिकारिक बनाइसकेको छ र लेजर थेरापीको मुख्य कामको बारे जान्न पनि जरुरी हुन्छ । शरीरको कुनै पनि तन्तु तथा कोशिकाहरु कमजोर वा मर्न थाल्छन्, कोशिकाहरुले सहि ढंगबाट काम गर्न सक्दैनन्, पोषण लिन सकिरहेका छैनन् भने त्यसलाई पुनस्थापना गर्नका लागि लेजर थेरापीको प्रयोग अति नै प्रभावकारी हुन्छ ।
अब कारोना संक्रमितहरुको सवालमा कोरोनाको कारण प्रत्यक्ष रुपमा प्रभाव पार्ने अंग भनेको फोक्सो हो र कोरोनाको कारण फोक्सोका कतिपय तन्तुहरु मर्छन् र व्यक्तिको श्वास प्रश्वासमा प्रभाव पर्छ । अक्सिजनबिना रहन नसक्ने बिरामीहरुमा म स्वयंले लेजर थेरापी मार्फत उपचार गर्दा ठीक भएका छन् । उनीहरू प्राकृतिक रुपमा श्वासप्रश्वास लिन सक्ने भएका उदाहरणहरु थुप्रै छन् । म आफै पनि हाल कोरोना संक्रमित हुँ र अब नेगेटिभ रिर्पोट आएपछि म पनि यो थेरापीको कोर्स लिदैँछु ।
३. के सबै उमेर समुहका कोरोना संक्रमितले यस लेजर थेरापीबाट बिग्रिएको फोक्सोको उपचार लिन सक्छन् ?
लेजर थेरापी ५ वर्षभन्दा माथिका र गर्भवती र क्यान्सरका रोगी बाहेक सबै व्यक्तिहरुले लिन सक्छन् । उमेरले केहि असर गर्दैन ।
४. यसरी उपचार गर्दा कुनै साइड इफेक्ट हुन्छ कि हुदैन ?
यो थेरापीको मुख्य विशेषता भनेको नै यही हो, यसको कुनै साइड इफेक्ट छैन । यो थेरापी लिदाँ उपचारको क्रममा वा उपचार पछि कुनै दुखाइ हुने, पोल्ने, डाहा हुने, अफठ्यारो हुने, दाग बस्ने आदि केही पनि हुदैन ।
५. दीर्घकालीन रुपमा नै फोक्सोको समस्याहरु हट्ने हो कि यो समय समयमा यो उपचार लिइरहनु पर्छ ?
लेजर थेरापीबाट दीर्घकालीन रुपमा नै फोक्सोको समस्याहरु निको पार्न सकिन्छ । तर, कुन बिरामीको अवस्था कस्तो छ त्यसमा पनि भर पर्छ । सबैलाई एउटै हुदैन तर थेरापीको कोर्सहरु पुरा गरिसकेपछि अवश्य पनि पुर्ण रुपमा निको पार्न सकिन्छ ।
कोरोनाको नेगेटिभ रिर्पोट आउने बित्तिकै यो लेजर थेरापी उपचार विधिबाट फोक्सोको उपचार गर्नु राम्रो हुन्छ किनकी कोरोनाले बिगारेको फोक्सो हामीले जति छिटो उपचार गर्छौैँ त्यति नै राम्रो नतिजा आउँछ ।
६. अन्य दीर्घकालीन रोगका औषधिहरु सेवन गरिरहेका व्यक्तिहरुले यो लेजर थेरापी मार्फत फोक्सोको उपचार गर्न सक्छन् कि सक्दैनन् ?
गर्भवती महिला, क्यान्सर रोगी र रगतमा हेमोग्लोविन एकदम कम भएका बिरामी बाहेक सबैले नै यो थेरापीबाट फोक्सोको उपचार गर्न सकिन्छ ।
७. कोरोना संक्रमण भएको कति समय पछि लेजर थेरापीको उपचार लिन सकिन्छ ?
कोरोनाको नेगेटिभ रिर्पोट आउने बित्तिकै यो लेजर थेरापी उपचार विधिबाट फोक्सोको उपचार गर्नु राम्रो हुन्छ किनकी कोरोनाले बिगारेको फोक्सो हामीले जति छिटो उपचार गर्छौैँ त्यति नै राम्रो नतिजा आउँछ ।
८. फोक्सोमा कोरोना संक्रमण भएर आएका समस्या बाहेक अन्य समस्या पनि, जस्तै धुमपानका कारण भएका, फोक्सोमा पानी जमेको जस्ता, अन्य कुन कुन समस्याको समाधान गर्न सकिन्छ ?
कोरोना संक्रमण भएर फोक्सोमा आएका समस्याहरु बाहेक धुमपान गर्ने, धुँवामा काम गर्ने, इटा भट्टामा काम गर्नेहरुमा आएका समस्याहरुको यो विधीको उपचारबाट पुर्ण रुपमा निदान गर्न सकिन्छ ।
९. कति समयमा उपचारको नतिजा पाउन सकिन्छ ?
हाम्रोमा अहिले कोरोना कै कारणले बिगारेको फोक्सोको उपचारका लागि १० दिनको कोर्स छ । अति जटिल समस्या छैन भने नतिजा छिट्टै आउँछ तर बिरामीको अवस्था गम्भीर छ भने कोर्स पुरा हुन पर्छ र कसैकसैलाई कोर्स थप्न पनि पर्न सक्छ ।
१०. सबै वर्गका व्यक्तिले यो लेजर थेरापीको खर्च धान्न सक्ने अवस्था के छ ?
वास्तवमा यो थेरापी खर्चका हिसाबले एकदम सहज छ । कम खर्चमा थुप्रै रोगहरुको उपचार गर्न सकिन्छ । र अहिले हामीले कोभिडको यो महामारीमा उपचार लिन आउनेहरुलाई पनि केहि सहुलियत दिदैछौँ । त्यसैले कोरोनाको कारणले फोक्सोमा भएको समस्या ठिक पार्न यो लेजर थेरापी गर्न अनुरोध गर्छु ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य शैली
प्रतिक्रिया दिनुहोस