लिपस्टिक लगाँउदै हुनुहुन्छ ? सुन्दर देखिन यी कुरामा ध्यान दिनहोस्
आजकाल महिलाहरु आफ्नो पहिरन देखि लिएर आफ्नो अनुहार र मेकअपलाई खुब ध्यान दिने गरेका छन् । यसैबिच लिपस्टिक महिलाहरुको रुचिको विषय बनेको छ । आफ्नो लुक्सलाई राम्रो र अरु भन्दा भिन्न देखाउन महिलाहरुले विभिन्न रंग र ब्रान्डका लिपस्टिकहरु प्रयोग गरिरहेका हुन्छन् ।
माहिलाहरुले आफ्नो अफिस होस् अथवा अन्य कुनै ठाँउमा आत्मविश्वासका साथ प्रस्तुत हुन जरुरी हुन्छ । त्यसैले तपाईले आफ्नो लुक्सलाई आकर्षक देखाउन लिपस्टिक कसरी प्रयोग गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने हुन्छ । त्यसैले अब लिपस्टिक प्रयोग गर्नु भन्दा अगाडि यी कुराहरुमा ध्यान दिनुहोस्ः
लिपस्टिकको रंगले मात्र होईन तपाईंले यसलाई कसरी ओठमा लगाउनुहुन्छ भने कुराले पनि तपाईको लुक्सलाई निकै फरक पार्छ । त्यसैले ओठलाई राम्रो देखाउन लिपलाइनरको प्रयोग गर्नुहोस् ।
लिपस्टिक लगाउनु अघि स्क्रबको सहायताले ओठका सुकेका छालाहरु निकाल्नुहोस् । त्यसपछि लिप बाम लगाएर ओठलाई ओसिलो बनाउनुहोस् । अब लिप लाईनरको सहायताले ओठको आकारमै शेप निकाल्नुहोस् । तर याद गर्नुहोस् लिप लाइनर र लिपस्टिकको रंग उस्तै हुनुपर्छ ।
यस पछि, आफनो अनुहार संग मिल्ने वा कपडा संग मिल्ने रंगको लिपस्टिक लगाउनुहोस् ।
यदि तपाईंको लिपस्टिक ओठको वरिपरि फैलिएको छ भने, फ्ल्याट ब्रशको सहायताले ओठको वरिपरि कन्सिलर लगाइ कभरअप गर्नुहोस् ।
जसले गर्दा तपाईले आफ्नो लुक्सलाई आकर्षक बनाउन सक्नुहुनेछ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक


प्रतिक्रिया दिनुहोस