शक्तिशाली राष्ट्रका विदेश मन्त्री भेला भएको बैंककमा श्रृंखलावद्ध बिस्फोट
बुधबार देखि थाइल्याण्डको राजधानी बैंककमा दक्षिण पूर्वी एसियाली मुलुकका विदेश मन्त्री भेला भएका छन्। उनीहरूको भेलामा सहभागी हुन अमेरिका, चीन, बेलायत र रूसका विदेश मन्त्री पनि बैंकक आएका छन्।
शक्ति राष्ट्रका विदेश मन्त्री भेला हुँदा थाइल्याण्डको बैंकक सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यही सुरक्षा व्यवस्थाका बीच शुक्रबार बिहान भने त्यहाँ श्रृंखलावद्ध बिस्फोट भएका छन्। साना खालका बिस्फोट भएकाले मानिसको हताहती भने भएको छैन।
छ ठाउँमा भएका बिस्फोटमा परी चार जना घाइते भएका छन्। तीमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। बिस्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री प्रयुत चान ओचाले घटनाक्रममा सरकारले सुक्ष्म रूपमा नियालिरहेको र सुरक्षा व्यवस्था कडा पारिएकाले बैंककवासीलाई नआत्तिन आग्रह गरेका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस