इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प
जाकार्ता । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।
बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस