इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।
बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस